fbpx




काठमाडौं, असोज ६
२०७२ साल वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछिको तेस्रो दसैं पनि सात लाख भूकम्प पीडितको टहरामा नै बित्ने भएको छ ।

यसअघि पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले दसैंअघि डेढ लाख भूकम्प पीडितलाई टहराबाट हटाएर घरमा भित्र्याउने प्रतिबद्धता गरेपनि त्यो प्रतिबद्धतामा नै सीमित भएको छ ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बुधबारसम्म भूकम्पका कारण भत्किएका घर निर्माण सम्पन्न गर्ने लाभग्राहीको संख्या ४८ हजार नौ सय २६ पुगेको छ । लाभग्राहीको सूचीमा परेकामध्ये सात लाखभन्दा बढी पीडितको यसपटकको दसैं पनि टहरामा नै बित्ने पुष्टि भएको छ । प्राधिकरणको सूचीमा सात लाख ६५ हजार ६ सय १८ घरधुरी सूचीकृत छन् ।
आजको नागरिक दैनिकमा विष्णु तामाङले समाचार लेखेका छन् ।

तपाईंको प्रतिकृयाहरू