fbpx




असोज ७, बुटवल, नेपालनीति

दशैंको मुखमा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–तानसेन सडक खण्डको सिद्धबाबामा ढुंगे पहिरो जाँदा एउटा ट्रक र कार पुरिएको छ। माथि भिरबाट बाटोमा खसेको पहिरोले लु ३ ख ६१९२ नम्बरको ट्रक र  लु १च ७९९४ नम्बरको कार पहिरोमा पुरिएको हो। सिद्धबाबा मन्दिरबाट ५०० मिटर नजिक दोभानमा माथिबाट ढुंगे पहिरो खसेको हो। बिहानदेखि सडक अबरुद्ध हुँदा बुटवलबाट पाल्पा, गुल्मी, स्याङजा हुँदै पोखरा जाने र बुटवल फर्कने सवारी रोकिएका छन्। सयौं यात्रुहरु सडकमै अलपत्र परेका छन्। पहिरो अहिले हटाउने काम जारी रहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। हरेक वर्ष सिद्धबाबामा पहिरो जाँदा सो सडक हुँदै आवज जावत गर्ने यात्रुहरुले सास्ती बेर्होनु परेको छ। (सेतोपाटीबाट)

तपाईंको प्रतिकृयाहरू