fbpx




यम अर्याल

असोज ७, न्युयोर्क, अमेरिका, नेपालनीति

संयुक्त राष्ट्रसंघको ७२अौं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाको सम्मानार्थ नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समिति अमेरिका च्यापटरले स्वागत एंव रात्रि भोजको आयोजना गरेेेको छ। जनसम्पर्क समिति अमेरिकाले प्रधानमन्त्री देउवालाई बधाई एंव सम्मान व्यक्त गर्यो। न्युयोर्कमा भएको उक्त कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवा लगायत नेपालबाट भ्रमण टोलीमा रहेका अधिकांश प्रतिनिधिममण्डलको उपस्थिति रहेको थियो। जनसम्पर्क समितिले शेर बहादुर देउवाले कठिन परिस्थितिमा सरकारको जिम्मेवारी समालेको र अत्यन्तै संयमतापुर्वक स्थानीय निर्वाचन सम्पन्न गरि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सुनिश्चितता गरि संविधान कार्यन्वयनलाई सफल बनाएको भन्दै देउवाको प्रशंसा गरेको थियो। सोही अबसरमा प्रधानमन्त्री देउवाले अमेरिका बसेर नेपाल र नेपालीको भावना जोड्ने काम जनसम्पर्क समितिले गरेको भन्दै सबैलाई धन्यवाद दिएं। देउवाको अत्यन्तै कार्य व्यस्तताका बिच न्युयोर्कमा आयोजित कार्यक्रममा सहभागी हुन टक्सास, भर्जिनिया एंव वासिङ्टनबाट जनसम्पर्क समितिका प्रतिनिधिहरु न्युयोर्क पुगेका थिए। प्रधानमन्त्री देउवा असोज १२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको छ।

तपाईंको प्रतिकृयाहरू