fbpx




काठमाडौं, १३ असोज – यस वर्षको विजया दशमीमा टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ ।

विजया दशमीका दिन आफ्ना मान्यजनबाट टीका जमरा थापेर आशीर्वाद लिने चलन छ । नवरात्रको दशौं दिन असत्यमाथि सत्यको विजयका रुपमा मनाइने गरिन्छ । दशैंको टीकाको दिन बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिएका छन् ।

टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउने गर्दछन् । असोज १९ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं औपचारिक रुपमा सम्पन्न हुन्छ ।

तपाईंको प्रतिकृयाहरू