fbpx




दिेपेश थापामगर/नेपालनीति

काठमाडौं, असोज १३ – वर्षकै सर्वाधिक प्रतिक्षारत चलचित्र ‘छक्का पञ्जा २’ असोज ११ गते फुलपातीका दिन देखि देशैभर एकैसाथ प्रदर्शनमा आएको छ ।
सिक्वेल चलचित्रका रुपमा आएको यस चलचित्रले कैयौं रेकर्ड तोडेको छ । चलचित्रको समीक्षा गर्दा, चलचित्रलाई स्वदेशी मसला भएको चलचित्र भन्न सकिन्छ । छक्का पञ्जा भन्दा फरक कथावस्तु रहेको चलचित्रले पछिल्लो समय युवा पुस्तामा देखिएको विदेश मोह र पुरानो पुस्ताको स्वदेशप्रतिको मायालाई अत्यन्तै कलात्मक ढंगले प्रस्तुत गरेको छ । चलचित्रका कलाकार सबैले कथामा न्याय गरेका छन् । केदार घिमिरेको संवाद होस् वा प्रियंका कार्कीको बेग्लै चरित्र अथवा नव नायिका स्वस्तिमा, जितु नेपाल, वर्षा राउत, शिवहरि पौडेल, बुद्धि तामाङलगायत सबैले कथामा न्याय प्रदान गरेका छन् ।

चलचित्र मनोरञ्जनात्मक छ र पूरा समय चलचित्रले दर्शकलाई ध्यान आकृष्ट पारिरहन्छ । कसले कसलाई छक्का पञ्जा गरिरहेको छ भन्ने थाहा पाउनका लागि चाहिं चलचित्रको अन्तिम समयसम्म पर्खनै पर्ने बाध्यता चलचित्रले प्रदान गरेको छ । सानो सानो कथालाई जोडेर अन्तिममा सबैलाई जोड्न सक्नुलाई निर्देशक दीपाश्री निरौलाले राम्रै मेहनत गरेकी छिन् ।

 

तपाईंको प्रतिकृयाहरू