fbpx




बेइजिङ, असोज १५ (एजेन्सी) – लामो समयदेखि तनाबमा रहेको अमेरिका र उत्तर कोरियाको सम्बन्धमा नयाँ परिवेश सिर्जना भएको छ ।

उत्तर कोरियालाई ध्वस्त बनाउने चेतावनी दिएको अमेरिकाले अन्ततः वार्ताको प्रस्ताव अगाडि सार्ने संकेत देखिएको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ कि भनेर अमेरिका उत्तर कोरियाको सम्पर्कमा नै रहेको बताएका छन् ।

उनेले भने,‘उत्तर कोरिया वार्ताको लागि तयार हुन्छ र आणविक हतियारको घमण्ड त्याग्न सक्छ कि भनेर हामी सम्पर्कमै छौँ र हाम्रो पहिलो शर्त पनि वार्ता नै हो ।’ चिनियाँ अधिकारीसँग वार्ता गरिसकेपछि उनले अमेरिका उत्तर कोरियासँग सम्पर्कबिहीन नबनेको र सकेसम्म आफ्नो प्रयास शान्तिपूर्ण वार्ताबाटै समाधान निकाल्नेमा रहेको जानकारी विदेशमन्त्री टिलरसनले दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू