fbpx




इलाम, असोज १९ (रासस) – नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभा निर्वाचनमा इलाम क्षेत्र नं १ बाट चुनाव लड्ने उद्घोष गरेका छन् ।

नेता खनालले इलाम क्षेत्र नं १ बाटै आफूले राजनीतिक यात्रा शुरु गरेको र त्यहाँका जनताको माया पाइरहेकाले आफू त्यहीँबाट चुनावमा उठ्ने विचार व्यक्त गरेका हुन् ।  त्यस्तै इलाम क्षेत्र नं २ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले चुनाव लड्ने घोषणा गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू