fbpx




काठमाडौं, असोज १९ – हालै कतारको दोहामा सम्पन्न भएको नेपाल आइडलका उत्कृष्ट तीन गायकले अस्ट्रेलियाको विभिन्न सांगितिक प्रस्तुति दिने भएका छन् ।

नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टराई र प्रताप दासले अस्ट्रेलियाका विभिन्न सहरमा प्रस्तुति दिन लागेका हुन् । नेपाली टच अस्ट्रेलियाले आयोजना गर्न लागेको कार्यक्रममा नेपाल आइडलका तीन उत्कृष्ट गायकको प्रस्तुति रहन लागेको हो । नेपाल आइडलको अस्ट्रेलिया भ्रमण आउँदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म हुने आयोजकले बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू