fbpx




काठमाडौं, असोज २०, नेपालनीति-सरकारमै रहेको बेला प्रमुख प्रतिपक्षी दल एमालेसँग गठबन्धन गरेपछि आफ्नो नेतृत्वको मन्त्रिपरिषद्मा रहेका माओवादी केन्द्रका मन्त्रीलाई बर्खास्त गर्ने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।

स्रोतले दिएको जानकारी अनुसार लोकतान्त्रिक गठबन्धनमा रहेका दलहरुबाट आफ्नो पक्षमा बहुमत जुटाएपछि मात्र प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका मन्त्रीहरु हटाउनेछन् । त्यसैका लागि प्रधानमन्त्री देउवा आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागो छन् । प्रधानमन्त्री देउवाले काँग्रेश नेतृत्वको गठबन्धन पार्टीको शीर्ष नेताहरुसँग वान टु वान वार्ता र कानुन व्यवसायीसँग पनि छलफल गरेर माओवादी मन्त्रीहरुलाई वर्खास्त गर्न लागेका हुन् । त्यसका लागि काँग्रेशभित्रबाट पनि प्रधानमन्त्री देउवामाथि दबाब बेढेको स्रोतको दाबी छ ।
‘बहुमतका लागि २ सय ९७ मत सुरक्षित भएलगत्तै प्रधानमन्त्रीज्यूले माओवादी मन्त्रीहरुलाई बर्खास्त गर्ने भनेर छलफल सुरु गर्नुभएको छ,’ देउवा निकट स्रोतलाई उल्लेख गर्दै आजको नागरिक दैनिकमा प्रकाश तिमिल्सनाले लेखेका छन् ।

तपाईंको प्रतिकृयाहरू