fbpx




लन्डन, असोज २० (बिबिसी)- साहित्यतर्फको यस वर्षको नोबेल पुरस्कार जापानी मुलका बेलायती उपन्यासकार काजुओ इसिगुरोले जितेका छन् ।

नोबेल पुरस्कार घोषणा गर्ने स्वीडिस एकेडेमीले उपन्यासकार इसिगुरोको प्रशंसा गर्दै उनले आफ्ना बेजोड भावनात्मक शक्ति भएका उपन्यासमा संसारसँगको सम्बन्ध बारे हाम्रो भ्रमपूर्ण भावकने गहिराइ पत्ता लगाएको उनलाई पुरस्कार प्रदान गर्न लागेको बताएको छ । ६२ वर्षे उपन्यासकार इसिगुरोले आफू नोबेल पुरस्कार विजेता घोषित हुँदा खुशी भएको प्रतिक्रिया दिएका छन् ।

लेखक इसिगुरोका आठ कृति प्रकाशित छन् । ती ४० भन्दा बढी भाषामा अनुवाद गरिएका छन् । सन् १९५४ मा जापानको नागासाकीमा जन्मिएका लेखक इसिगुरोका बाबु रोजगारको सिलसिलामा बेलायत प्रवेश गरेपछि पाँच वर्षको उमेरमा नै बेलायत गएका थिए । सन् २०१५ मा प्रकाशित उनको पछिल्लो कृति ‘द बरिड जायन्ट’ का लागि उनलाई नोबेल पुरस्कार दिइएको बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू