fbpx




असोज २२, कञ्चनपुर, नेपालनीति – शनिबार बेलुका ७ बजे डेलेभरी गराउनको लागि सरस्वती विष्ट भि. न. पा. – १ बाराकुण्डाकी महिलालाई अस्पताल पुर्याउने बेला सम्म आमा र बच्चा दुवै स्वस्थ रहेको बालकलाई  राती १:३० बजे मृत घोषणा गरेपछि अस्पताल तनावग्रस्त भएको छ ।

बेलुका सकुशल अस्पताल पुर्याएको अस्पताल पुर्याउदा सम्म आमा र बच्चा दुवै ठिकै भएको, राति डेलीभरी गराउदा बच्चाको टाउको अड्के पछि महिलालाई जोर गर्न लगाएको र त्यसरी पनि बच्चा बाहिर आउन नसके पछि भ्याकुम लगाएर तानेको त्यसबेला सम्म बच्चाले पेट भित्रै दिसा खाएर दिसा फोक्सोमा गएर मृत्यु भएको त्यस पछि डाक्टर सत्य प्रकाश कोइरालाले घरको परिवारजनलाई खबर गरेपछि परिवारजनले राति नै फोन गरि मान्छे बोलाएर हातपात गरेको हातपात गर्ने क्रममा प्रहरी जवान प्रताप सिंह भण्डारीको टाउकोमा कुर्सीले लागि चार टाकाँ लगाएको, सिटि स्केनको लागि भारत रिफर गरिएको महाकाली अञ्चल अस्पतालका अध्यक्ष अशोक पाण्डेयले बताए ।

कुनै पनि घटना घटेमा आफुलाई चित्त नबुझे त्यसको छानविन गर्ने निकायमा गई त्यसको छनविन गरी अपराधीलाई सजाय दिलाउनु पर्ने अवस्थामा यसरी एकाएक आक्रमण गरिएको विरोधमा आज देखि अञ्चल अस्पतालमा ईमेरजेन्सी वाहेक सबै कार्य ठप्प पारिएको छ । अपराधीलाई कारवाही हुनु पर्ने र सुरक्षाको ग्यारेन्टी नभए सम्म कार्य गर्न नसकिने भन्दै सबै कार्य ठप्प पारिएको छ ।

आइसियु चलाउने र काठमाण्डौं बाट चार जना डाक्टर आउने तयारी भै रहेको बेला यस्तो घटना हुदाँ अस्पताल र यहाँका जनतालाई निकै प्रभाव पर्ने अध्यक्ष पाण्डेयले बताए ।

घटनामा संलग्न भएको आरोपमा ६ जनालाई प्रकाउ गरी प्रहरीले कारवाहि अगाडि बढाएको छ भने उक्त परिवारजन भने अस्पतालको लापरवाहीले बच्चाको मृत्यु भएको बेलुका राम्रै संग ल्याएको आमा बच्चा दुवै ठिक छन् भनेर अस्पालले नै भनेको अवस्थामा कसरी बच्चाको मृत्यु भयो कुनै अप्ठयारो भएको भए हामीलाई भनेको भए हामी अर्को अस्पतालमा लैजानथ्यौं राति कुनै पनि डक्टरले नहेरेको र सिक्ने स्टाफ नर्सले हेरेको त्यसकारण मृत्यु भएको मृत्यु पश्चात डाक्टर कोइराला आएर हरेको मृत्यक बच्चाका परिवारले बताए । महेन्द्रनगरबाट प्रकाशित जनसरोकारमा समाचार छ।

तपाईंको प्रतिकृयाहरू