fbpx




इस्तानबुल, असोज २३ (रासस/एपी) – टर्कीका अभियोजकले एम्नेस्टी इन्टरनेशनलका टर्की प्रमुखसहित १० जना अधिकारकर्मीलाई आतंककारी भएको वा आतंककारीलाई सघाएको आरोप लगाएका छन् ।

टर्कीको अनादोलु न्यूज एजेन्सीले अभियोजकहरूलाई उद्धृत गर्दै ११ जना मानव अधिकारकर्मीमाथिको अनुसन्धान पूरा भएको तर सुनुवाई भने हुन बाँकी रहेको जनाएको छ । उनीहरूलाई यही जुलाईमा इस्तानबुलमा एक कार्यक्रम गरिरहेको स्थानबाट सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको थियो ।

उनीहरूमाथि सशस्त्र आतंकवादी संगठन तथा कुर्दिस तथा वामपन्थी आन्दोलनका लडाकुलाई अमेरिकामा स्वघोषित निर्वासनमा बस्दै आएका धर्मगुरु फेतुल्लाह गुलेनसँगको सहकार्यमा सहयोग पु¥याउँदै आएको आरोपमा पक्राउ गरिएको थियो ।

तपाईंको प्रतिकृयाहरू