fbpx




असोज २२, नेपालनीति, काठमाडौं।

गत मंगलबार वाम गठबन्धनपछी एकाएक तातेको राष्ट्रिय राजनितीले सरकारको जोड घटाउसम्म असर गरेको छ। यसैबीच वाम गठबन्धनलाई टक्कर दिने उदेश्यका साथ लोकतान्त्रिक गठबन्धनको अभ्यास भईरहेको छ। प्रधानमन्त्री शेर बहादुर देउवाले माअोबादीका मन्त्रीलाई सरकारमै राखेर निर्वाचन जादा परिणाममा असर पुग्ने अांकलन गर्दै लोकतान्त्रिक मोर्चालाईनै सरकारमा सहभागी गराएर निर्वाचनमा जाने निचोडमा पुगेको देखिन्छ। निरन्तरको बार्ता र ससंवादबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा सरकारमा जाने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानमन्त्री तथा गृहमन्त्री दिन तयार हुनु भएको छ । यो संगै कमल थापाको गणतन्त्र सरकारमा गृहमन्त्रीमा कमव्याक भएको हो। राजतन्त्र छदां गृहमन्त्रीको राम्रो प्रभाव जमाउन सफल कमल थापा फेरी गृहमन्त्री हुने भएका हुन्। १२ बर्ष पछि खोला पनि फर्कन्छ भने जस्तै थापा पुन १२ बर्षपछिनै गृहमन्त्री बन्न लागेका हुन्।

राप्रपाले अरु थप ३ मन्त्रालय पनि मागेको छ । थापाले उपप्रधानमन्त्रीसहित गृहमन्त्रालय पाउने समति भए पनि अरु मन्त्रीले कुन कुन मन्त्रालय पाउने भन्ने बारेमा टुंगो नलागेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

राप्रपाले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनमा सहभागी भएर मंसिरमा हुने  प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लड्ने सहमति पनि भइसकेको छ । आफूहरुले प्रतिनिधिसभामा १५ स्थान र प्रदेशसभामा ३० सिट मागेको र यसमा पनि सहमति हुन बाँकी रहेको छ। सिट नर्धारको काम अजै छलफलमै रहेको बुझिएको छ। (रासस)

तपाईंको प्रतिकृयाहरू