fbpx




असोज २३, काठमाडौं, नेपालनीति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव सांसद चन्द्र भण्डारीले नेपाली कांग्रेस यतिबेला ईतिहासकै चुनौतिपुर्ण घडीमा उभिएको बताएका छन्। यतिबेला कांग्रेस दोहोरो मारमा छ। एकातर्फ संविधान कार्यन्वयनको जिम्मेवारी पूरा गर्नु छ, अर्को तर्फ कम्युनिष्टहरुको एकिकरणको सामना गर्नुछ नेता भण्डारीले बताए। एक टेलिभिजन शोमा पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता भण्डारीले कांग्रेस, एमाले र माअोबादी मिलेर नै संविधान निर्माण गरेको स्मरण गराउदैं साना दलहरुलाई समेत लिएर संविधान कार्यन्वयन गर्ने समयमा कम्युनिस्टहरूको एकता भएकोले कांग्रेसले साना लोकतान्त्रिक दलहरुसंग गठबन्धन गर्दै संविधान कार्यन्वयनको सुनिश्चितताको निम्ति लोकतान्त्रिक गठबन्धनमा जोड दिएको बताए।

कम्युनिष्ट गठबन्धनलाई संकेत गर्दै सांसद चन्द्र भण्डारीले निर्वाचनमा सफलता प्राप्त गरेपनि यो गठबन्धनले सरकार बनाउने नसक्ने जिकिर गरे। राजनीतिक धुव्रिकरण हुनु राम्रो कुरा भएतापनि कुन समयमा कस्तो अबस्थामा धुव्रिकरण हुदैंछ भन्ने महत्त्वपूर्ण कुरा हो। यो गठबन्धनले अस्थिरता निम्ताउन पनि सक्ने संकेत भण्डारीको थियो। पत्रकार धमलाको एक प्रश्ननमा नेता भण्डारीले गठबन्धनले बाहिर सन्देश राम्रो देखिएपनि एमाले र माअोबादीले ६०-४० को भागबण्डा गर्दा त्यहाँ भित्र धेरै नेताको राजनीतिक भविष्य खोसिने अबस्था अाउनेछ जसले अस्थिरता निम्तने खतरा रहेको भण्डारीले बताए। पत्रकार धमलाको गठबन्धनले काङ्ग्रेसलाई कत्तिको असर गर्छ भन्ने प्रश्नमा भण्डारीले कांग्रेसलाई निर्वाचनमा यो गठबन्धनले असर गर्दैन। कांग्रेसलाई अाफ्ना कमिकमजोरी सच्चाउदैं जनता सामु जाने अबसर रहेको बताए।

तपाईंको प्रतिकृयाहरू