fbpx




पोखरा, असोज २३, नेपालनीति – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल आयल निगमका कार्यकारी प्रमुख गोपाल खड्कालगायतलाई कारबाही गर्ने भएको छ ।

नेकपाले राष्ट्रिय स्तरका भ्रष्ट्रचारीको घर घेर्ने र ती भ्रष्टाचारीहरुको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने कार्यक्रमसमेत घोषणा गरेको छ । सार्वजनिक कार्यक्रमसहित घर घेर्नेहरुको सूची बनाइएको छ । सूचीमा निगम प्रमुख खड्का, कर फर्छै्योट आयोगका निलम्बित प्रमुख चुडामणि शर्मा, व्यापारी अजय सुमार्गी, चन्द्र ढकाललगायतका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो निर्णय गरेको हो ।
असोज २१ देखि २३ गतेसम्म चलेको पार्टीको केन्द्रीय कमिटीको बैठकले सरकारले घोषणा गरेको संसद् र प्रदेशको चुनाव खारेज गर्नका लागि पनि कात्र्तिक १ गतेदेखि राजनीतिक अभियान सुरु गर्ने निर्णय पनि गरेको छ ।

पोखराको लुम्लेमा मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समिकिो पाँचौं बैठकले विचार र चिन्तनमा मोहन वैद्य किरणमा संर्किणता र रुढीवाद रहेकाले तत्काल पार्टी एकताको आधार नबनेको ठहरसमते गरेको बताइएको छ । बैठकमै पार्टीका महासचिव विप्लवले एमाले माओवादी र नयाँ शक्तिको गठबन्धनलाई दक्षिणपन्थी अवसरवादी र प्रतिक्रान्तिकारी गठबन्धन भन्दै विरोध गरेका छन् ।

तपाईंको प्रतिकृयाहरू