fbpx




मनिला, असोज ३० (बिबिसी) – आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) का दक्षिणपूर्वी एसिया प्रमुख इस्निलन ह्यापिलन दक्षिणीa फिलिपिन्समा सोमबार सरकारी सेनासँग भएको झडपमा मारिएको फिलिपिन्स सरकारले बताएको छ ।
फिलिपिन्समा आइएसको संगठनका रुपमा सक्रिय अबु सयैफ लडाकु समूहका प्रमुखसमेत रहेका ह्यापिलन अमेरिकाले खोजी गरिरहेको प्रमुख आतंकवादीको सूचीमा रहेका थिए ।

आतंकवादीको नियन्त्रण रहेको फिलिपिन्सको मरावी क्षेत्रलाई मुक्त बनाउनका लागि सरकारी सेनाले गरेको कारबाहीका क्रममा ह्यापिलनसहित अमेरिकाको सर्वाधिक खोजीमा रहेका अर्का लडाकु ओमार माउतेसमेत मारिएको सरकारी सेनाको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

मरावप् सहरलाई मे महिनामा विद्रोहीले आक्रमण गरी आफ्नो नियन्त्रणमा लिएपछि हालसम्म सरकारी सेना र विद्रोहीबका बीचमा भएको युद्धका कारण हालसम्म हजार भन्दा बढीको ज्यान गइसकेको बताइएको छ । फिलिपिन्सको सरकारी सेनाले अहिले उक्त क्षेत्रलाई आइएस नियन्त्रण मुक्त गर्नका लागि अन्तिम प्रयास गरिरहेका छन् । मरावी सहर फिलिपिन्समा सशस्त्र विद्रोह गरिरहेका कैयौं मुस्लिम विद्रोही समूह प्रभावित क्षेत्र हो । यस क्षेत्रमा सशस्त्र गतिविधि गरिरहेका कतिपय विद्रोही समूहले तथाकथित आतंकवादी समूह आइएससँग एकता गरेका छन् ।

‘मरावी क्षेत्र आतंकवादीको नियन्त्रणबाट मुक्त भएको घोषणा केही दिनमा नै हुन्छ,’ पत्रकार सम्मेलनका क्रममा फिलिपिनी सरकारका सैनिक प्रमुख जनरल एडुआर्डो आनोले बताए । आतंकवादीलाई कुनैपनि हालतमा नछोडिने पनि उनले बताए । पत्रकार सम्मेलनकै क्रममा सैनिक प्रमुख आनाले रगताम्य अनुहार भएका दुई व्यक्तिको तस्बिर देखाउँदै उक्त तस्बिरहरु ह्यापिलन र माउतेको भएको बताए । उनका अनुसार रातको समयमा सरकारी सेनाले गरेको कारबाहीमा ह्यापिलनलाई टाउकोमा गोली लागेको थियो भने माउतेको छातीमा गोली लागेर मृत्यु भएको थियो ।

इराक र सिरियाबाट परास्त हुँदै गएपछि इस्लामिक स्टेटले दक्षिणपूर्वी एसियामा आफ्नो संगठन विस्तार र गतिविधि गर्नका लागि ह्यापिलनलाई अगाडि सारेको फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टे र सुरक्षाविज्ञले बताएका छन् । दक्षिणी फिलिपिन्समा आधारित अबु सैयफ समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहको सूचीमा राख्नै संयुक्त राज्य अमेरिकाले ५१ वर्षे ह्यापिलनका बारेमा जानकारी दिनेलाई ५० लाख डलर इनाम दिने घोषणा गरेको थियो । अमेरिका र फिलिपिन्स सरकारले इनामको घोषणा गरेका कारणले दुई वटै शवको डिएनए परीक्षण हुने फिलिपिन्सको रक्षा मन्त्रालयका सचिव डेल्फिन लोरेन्जानालाई उल्लेख गर्दै एएफपीले जनाएको छ ।

फिलिपिन्स सरकारले यस अघि पनि पटक पटक मरावी क्षेत्रमा जारी द्वन्द अन्त्यको अन्तिम चरणमा रहको बताउँदै आएपनि यस पटकको उसको भनाइ भने वास्तविकतामा परिणत हुनसक्ने अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले बताएका छन् ।

तपाईंको प्रतिकृयाहरू