fbpx




काठमाडौं, असोज ३१, नेपालनीति – राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ज्ञान आदान–प्रदान गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय भैंसीसम्बन्धी गोष्ठी हुने भएको हो ।

सम्मेलनको आयोजना चितवनको कृषि तथा वन विश्वविद्यालयको आयोजनामा चितवनको सौराहामा आयोजना हुने ‘इन्टरनेशनल बफेलो सिम्पोसियम २०१७’ शीर्षकको सम्मेलन कात्तिक २९ गतेदेखि मंसिर २ गतेसम्म चल्नेछ । विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकालका अनुसार सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, बेलायत, चीन, श्रीलंका, क्यानडा, थाइल्यान्ड, पाकिस्तानलगायत १० देशका भैंसीसम्बन्धी काम गर्ने विज्ञले भैंसी उत्पादन, प्रर्वद्धन र भैंसीको स्वास्थ्यबारे कार्यपत्र प्रस्तुत गर्नेछन् ।

आजको नागरिक दैनिकमा समाचार छ ।

तपाईंको प्रतिकृयाहरू