fbpx




काठमाडौं, असोज ३१ (नेपालनीति)- नेपाली हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहार आजबाट सुरु भएको छ ।

यमपञ्चकको पहिलो दिन आज कागलाई यमदुतको रुपमा पूजा तथा खानेकुरा दिई सत्कार गरिन्छ । परापूर्व कालमा कागलाई सूचनाको बहाकका रुपमा समेत लिने गरिन्थ्यो । तिहार पर्वलाई वैदिककालमा भगवान विष्णुले खुसी भई बली राजालाई कार्तिक कृष्णपक्षका पाँच दिन तीनै लोकको राज्य भोग गर्न पाउने वरदान दिएको र यी ५ दिन बली राजाले आफ्नो राज्यभरी दीपावली गरी झकिझकाउ पारेको कथासँग जोडिएको छ । यमपञ्चकमा धनकी अधिष्ठात्री देवी महालक्ष्मी खुसी भई सबैको घरघरमा बास गरी धनधान्यले भरिपूर्ण पारिदिन्छिन् तथा यमराज पनि खुसी हुन्छन् भनी भगवान विष्णुले बलि राजालाई वरदान दिएको कथा प्रचलित छ ।

यमपञ्चकमा यमराजले पनि बहिनी यमुनाको पूजा गरी वस्त्र, आभुषण दिएर भ्रातृस्नेह जनाएका धार्मिक मान्यता छ । यमपञ्चकको अन्तिम दिन दिदिबहिनीले दाजुभाईलाई आपसी स्नेह, सत्कार र पूजा गरी भाईटीका लागाईदिने प्रचलन छ ।

तपाईंको प्रतिकृयाहरू