fbpx




काठमाडौं, असोज ३१ (नेपालनीति) – नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय समितिको आयोजनामा एक दिने राजनीतिक प्रशिक्षण राजधानीमा सुरु भएको छ ।
राजनीतिक प्रशिक्षणको उद्घाटन नेपाली काँग्रेशका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । राजनीतिक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै देउवाले काँग्रेश गुटविहीन भएको बताउँदै रुख चिह्न लिएर उम्मेदवार भएका उम्मेदवारलाई अत्याधिक मतले जिताउनका लागि सक्रिय भूमिका खेल्न देशभरीका नेविसंघ कार्यकर्तालाई निर्देशन दिए ।

प्रशिक्षण कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महरले नेपाली काँग्रेशका उम्मेद्वारलाई आसन्न निर्वाचनमा विजयी बनाउनका लागि नेबिसंघ फिल्डमा खटिसकेको बताउँदै संसारभर असफल प्रायःभइसकेको कम्युनिस्ट शासन नेपालमा स्थापना हुनै नसक्ने जिकिर गरे ।
कार्यक्रमका अतिथि डाक्टर प्रकाशशरण महतले काँग्रेशको अगाडि चुनौति आएको र त्यसलाई अवसरमा परिणत गर्ने बाटोमा लाग्न नेविसंघलाई आग्रह गरे । प्रशिक्षण कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंसाक कोइरालालगायतले पार्टी एक ढिक्का रहेको र अब काँग्रेशका उम्मेदवार जिताउनका लागि महत्वपूर्ण भूमिका खेल्न सबै नेविसंघ कार्यकर्तालाई कडा निर्देशन दिएका छन् ।

तपाईंको प्रतिकृयाहरू