fbpx




काठमाडौैं, असोज ३१ (नेपालनीति)-नेपाली काँग्रेशका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा रहेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो । दिउँसो २ बजे गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले सरकार छोडेको घोषणा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर गर्दैछन् । प्रधानमन्त्री देउवाले कमल थापा नेतृत्वको राप्रपालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेपछि माओवादी केन्द्रले सरकार छोड्न लागेको हो । सरकार नछोडे माओवादी मन्त्रीलाई विना विभागीय मन्त्री बनाउने तयारी प्रधानमन्त्री देउवाले गरेका थिए । माओवादीले आफू वाम गठबन्धनमा भएपनि सरकारलाई रहेको समर्थन कायम नै रहेको बताउँदै आएको थियो । समर्थन कायमै रहँदा पनि राप्रपालाई सरकारमा सामेल गराएपछि माओवादी केन्द्र असन्तुष्ट बनेको थियो ।

 

तपाईंको प्रतिकृयाहरू