fbpx




काठमाडौं, कात्तिक १ (नेपालनीति) – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य तथा युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकका केन्द्रीय अध्यक्ष झक बहादुर मल्ल ‘सुदिप’ ले पार्टी परित्यागको घोषणा गरेका छन् ।

उनले आज बिहान सामाजिक सञ्जाल (फेसबुक) मार्फत राजिनामा दिएको घोषणा गरेका छन् । मल्लले राजिनामा दिंदै भनेका छन् ‘आजैका मितिदेखि नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय समिति सदस्य तथा राष्ट्रिय युवा जनस्वंयसेवकको अध्यक्ष लगाएत सम्पूर्ण जिम्मेवारीबाट राजिनामा दिएको घोषणा गर्दछु । दुनियाँ बदल्ने महान् जिम्मेवारी र यात्रा भने अबिराम रहने छ ।’

विप्लवका विश्वास पात्र एंव ऐतिहासिक सुर्खेत जेलब्रेकका कमान्डरतथा जनयुद्धकालमा जनमुक्ति सेनाका ब्रिगेड कमिस्नरसमेत रहेका मल्लको राजिनामाले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिमा निकै नै ठूलो हलचल ल्याउने देखिएको छ । पार्टीको महत्वपूर्ण युवा संगठनका अध्यक्षले नै राजिनामा दिनुलाई विप्लवको पार्टीमा आएको नैराश्यता नै प्रमुख कारण मानिएको छ ।

तपाईंको प्रतिकृयाहरू