fbpx




काठमाडौं, कात्तिक ६ (नेपालनीति)-सरकारले पुननिर्माण प्राधिकरणकाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा युवराज भुसाललाई नियुक्ति गरेको छ ।

भुसाल पूर्व सचिव हुन् । प्राधिकरणका सिइओ डाक्टर गोविन्द पोखरेलले राजीनामा दिएपछि सरकारले भुसाललाई नयाँ सीइओ नियुक्त गरेको हो । उनी कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी समेत हुन् । पोखरेलले शनिबार राजीनामा दिएका थिए । सरकारले उनलाई तत्कालका लागि भन्दै नियुक्त गरेको हो ।

पोखरेल सुशील ज्ञवाली पछि प्राधिकरणको सीइओ बनेका थिए । पोखरेल प्युठानमा राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै निर्वाचन आयोगले जिल्ला छोड्न समेत निर्देशन दिएको थियो । यस्तै मन्त्रीपरिषदले सिन्धुपाल्चोकको गिरानचौमा भूकम्प पीडितको लागि बनाइएको ‘गिरानचौर एकीकृत नमूना’ बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लिखित पारितमा लाग्ने रजिस्टर दस्तुर छुट दिने व्यवस्था पनि स्वीकृत गरेको छ ।

तपाईंको प्रतिकृयाहरू