fbpx




पेनाङ, कात्तिक ७-मलेसियाको पेनाङमा नेपाली कामदार चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा ८ जनाको ज्यान गएको छ भने ३३ जनाभन्दा बढी कामदार घाइते भएका छन् ।

बसमा नेपाली र इन्डोनेसियाली कामदारहरु रहेको मेलसियाको न्युजपोर्टल स्ट्रेट्स टाइम्सले जनाएको छ । मर्नेहरु सबै महिला भएपनि कसैको सनाखत भइनसकेको मलेसिया प्रहरीलाई उद्धृत गर्दै स्ट्रेट्स टाइम्सले उल्लेख गरेको छ।

प्रत्यक्षदर्शीका अनुसार दुई वटा बस र एउटा भ्यान एकआपसमा ठोक्किएका थिए । एउटा बसमा नेपाली कामदार र अर्को बसमा इन्डोनेसियन कामदार रहेको बताइएको छ । नेपाली कामदारहरु सोनी कम्पनीमा कार्यरत रहेको समाचारमा उल्लेख छ ।

तपाईंको प्रतिकृयाहरू