fbpx




बैतडी, कात्तिक ७ (रासस)–केन्द्रमा लोकतान्त्रिक गठबन्धनमा सामेल भएकोे नयाँशक्ति पार्टीले बैतडीमा बाम गठबन्धनलाई चुनावमा सहयोग गर्ने भएको छ ।

एमाले, माओवादी केन्द्र र नयाँशक्तिको सोमबार बसेको बैठकले बाम गठबन्धनलाई चुनावमा सहयोग गर्ने सहमति गरेको छ । एमालेका जिल्ला सचिव लीलाधर भट्ट, माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट र नयाँशक्तिका जिल्ला संयोजक कृष्णप्रसाद बडूद्वारा संयुक्तरुपमा हस्ताक्षरित विज्ञप्तिमा उपयुक्त समयमा जिल्लास्तरमा पार्टी एकीकरण गर्ने समेत उल्लेख गरेको छ ।

नयाँ समाजवादी क्रान्तिको माध्यमबाट देशको विकासका लागि प्रगतिशील बामशक्ति एक हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । योसँगै एमाले र माओवादी केन्द्रको बाम गठबन्धनमा नयाँशक्ति पार्टी मिसिएको छ ।

 

तपाईंको प्रतिकृयाहरू