fbpx




इस्लामाबाद, कात्तिक ९ (एजेन्सी) – पाकिस्तानको एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज शरीफविरुद्ध पक्राउ आदेश जारी गरेको छ ।

पाकिस्तानको सत्ताधारी दल तथा शरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्ने तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दबाब सिर्जना गर्ने उद्देश्यका साथ अदालतबाट यस्तो निर्णय आएको हुनसक्ने पाकिस्तानी राजनीतिक विश्लेषकको भनाइ उद्धृत गर्दै समाचार एजेन्सी एएफपीले जनाएको छ ।

शरीफका पक्षमा वकालत गरेका कानुनविद् जाफिर खानले एएफपीलाई दिएको जानकारी अनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री शरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचारसम्बन्धी विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ ।

गत जुलाईमा पाकिस्तानको ७० बर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औं प्रधानमन्त्रीका रूपमा शरीफलाई अदालतको आदेशमा हटाइएको थियो । भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री शरीफ प्रधानमन्त्री पदमा रहन नमिल्ने भन्दै उनलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो ।

 

तपाईंको प्रतिकृयाहरू