fbpx




काठमाडौं, कात्तिक १० (नेपालनीति)-नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर १० र २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेस विजयी हुने बताएका छन् ।

राजधानीमा शुक्रबार आयोजित नेपाल तरूण दलको ६४ओं स्थापना दिवसका अवसरमा तरुण जागरण तथा चुनाव प्रचारप्रसार अभियान एवं तरुण गीति संग्रह विमोचन कार्यक्रममा देउवाले कम्युनिस्ट गठबन्धन प्रजातन्त्रका लागि खतरा भएको भन्दै उक्त खतरा चिर्नका लागि सम्पूर्ण पार्टी कार्यकर्तालाई दत्तचित्त भएर चुनावी मैदानमा उत्रन निर्देशन दिएका छन् ।

कार्यक्रमका सभापति एवं तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले युवाहरूलाई पनि टिकट वितरण गर्न पार्टी नेतृत्वलाई आग्रह गरेका थिए । उनले पार्टीका आधिकारिक उम्मेदवारलाई जिताउन तरुण दल सम्पूर्ण शक्ति खर्च गरेर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरू प्रकाश शरण महत, बालकृष्ण खाँण, बीर बहादुर बलायर आदिले मन्तव्य राखेका थिए ।

तपाईंको प्रतिकृयाहरू