fbpx




गुल्मी, १३ कात्तिक – गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका ४ मा माइक्रो बस दुर्घटना भएको छ ।

 

वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् . गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्काे गाडीसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटना स्थल रिडिबाट नजिक हो । घटनाको थप विवरण भने आउन बाँकी छ ।

 

तपाईंको प्रतिकृयाहरू