fbpx




झापा, १७ कार्तिक, नेपालनीति

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेश सभाको उम्मेदवारी दर्ता हिजो देशभर उल्लासपुर्ण तरिकाले सम्पन्न भएको निर्वाचन आयोगले बताएको छ। यसै क्रममा ५ केन्द्रीय निर्वाचन क्षेत्र रहेको झापामा पनि विभिन्न दलले बाजा एंव नारा जुलुस सहित मनोनयन दर्ता गरेका छन्। यस पालि झापाका प्राय सबै क्षेत्र चर्चित बनेका छन्। झापा-१ मा चर्तित युवा नेता विश्वप्रकाश चुनाबि मैदानमा उत्रेका छन। त्यस्तै झापा ३ मा कांग्रेस नेता कृष्ण प्रसाद सिटौला र राप्रमा महामन्त्री राजेन्द्र लिङ्देन एंव क्षेत्र न ५ मा एमाले अध्यक्ष केपी अोलीको मनोनयन दर्तासंगै झापा एकाएक निर्वाचनमय भएको छ।

झापाको अरु क्षेत्र भन्दा क्षेत्र न १ को रौनक अलि विशेष देखिन्थ्यो। मनोनयन दर्ता गर्ने क्रममा सर्वसाधरण एंव नेता कार्यकर्ताले जब “त्यस्तै भो त्यसपालि विश्वप्रकाश यसपाली” भन्ने नारा घन्काए तब सबै स्तब्ध थिए। २०७० सालमा झापाकै क्षेत्र न १ बाट निवार्चन लडेका कांग्रेस युवा नेता विश्वप्रकाश शर्मा एमाले नेता रवीन कोईरालासंग झिनो मतले पराजित भएका थिए। तपाईं यसपाली पुन निर्वाचन लड्दै हुनुहुन्छ, तपाईको जित्ने आधार के? भनेर सोधिएको प्रश्नमा नेता शर्माले मैले २०७० सालको निर्वाचनमा पराजय व्यहोरेपनि झापा १ का जनताको निम्ति सांसद जस्तै गरि काम गरेको छु। यहाँको जनताको सुख र दुखसंग धेरै परिचित छु, झापालाई समृद्ध झापा बनाउने अभियानमा प्रतिबद्द छु त्यसैले मैले चुनाब जित्छु भने।

विश्वप्रकाश शर्मा उक्त क्षेत्रमा जनतामाझ निकै लोकप्रिय रहेका छन्। यद्दपी वाम गठबन्धनबाट राम कार्की शर्मासंग निर्वाचन लड्दै छन्। जुन सहज छैन। यसपालि नेता देखि कार्यकताले विश्वप्रकाशलाई जुनसुकै हालतमा जिताउनु पर्ने भन्दै भोट माग्न जादा समेत “त्यस्तै भो त्यसपालि, विश्वप्रकाश यसपालि” भन्ने नारा घन्काउदै हिडेका छन्। जसले आमा मतदातालाई समेत प्रभावित पार्न सक्ने बुझिएको छ।

तपाईंको प्रतिकृयाहरू