fbpx




लमजुङ, कार्तिक १९, नेपालनीति

नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय परिषद सद्स्यहरु तथा जिल्ला समिति सदस्यहरु लगायत दर्जनौ कर्याकर्ताहरु माओवादी केन्द्रमा प्रवेश गरेको समाचार ने.क.पा. माओबादी (केन्द्र) सम्बद्द अखिल (क्रान्तिकारि)का केन्द्रिय सचिबालय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज कमल खड्काले बताउनु भयो।

नयाँ शक्ति, लमजुङका जिल्ला सह-सयोजक एबम केन्द्रीय परिषद सदस्य नारायण प्रसाद पौडेल (N.P.) को नेतृत्वमा, जुझारु युबा नेता केन्द्रीय परिषद सदस्य, प्रबास प्रादेशिक परिषद सदस्य एबम दलित केन्द्रिय परिषद सदस्य राजेन्द्र सिर्मल मिजार, बाबुराम रोका, गोबिन्द लम्साल, सोम लम्साल, इन्दिरा रोका लगायत दर्जनौं नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन।

कार्यक्रममा नयाँ शक्तिका नेताहरुले राष्ट्रिय पार्टीबाट मात्र समृद्धि र समाजवाद सम्भव भएको र लमजुङबाट देब प्रसाद गुरुङलाई जिताएर संघीय निर्वाचनमा केन्द्रको मन्त्रालयको तथा प्रदेश मुख्य मन्त्रीको रुपमा पृथ्वी सुब्बा गुरुङलाई क्षेत्र न.२ बाट एबम क्षेत्र न.१ बाट धनन्जय दबाडीलाई जिताई लम्जुङ जिल्लामा कम्युनिस्ट पार्टीबाट नेतृत्व लिन आफूहरु माओवादी केन्द्रमा आएको बताए।

पार्टी प्रवेश गराउँदै माओवादी केन्द्रका नेता एवं लमजुङ जिल्लाका प्रतिनिधि सभाका उम्मेद्वार देब प्रसाद गुरुङले आर्थिक समृद्धि र समाजवादको लक्ष्य हासिल गर्न छरिएर रहेका कम्युनिष्ट र क्रान्तिकारी शक्तिहरु एक हुनुपर्ने बताउनुभयो साथै लमजुङ जिल्लामा बाम-कम्युनिस्ट पार्टीको जित सुनिश्चित भएकोले ” लमजुङ जिल्ला,कम्युनिस्ट लाल किल्ला ” भन्दै आफ्नो मन्तब्य टुंग्याउनुभयो।

तपाईंको प्रतिकृयाहरू