fbpx




टेक्सास, कात्तिक २० (बिबिसी) – आइतबारको प्रार्थना चलिरहेको बेला टेक्सासको एउटा चर्चमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । घटना टेक्सासको सानो सहर विल्सन जिल्लास्थित सुदरल्यान्ड स्प्रिङ्समा रहेको फस्ट बाप्टिस्ट चर्चमा भएको बताइएको छ ।

स्थानीय समयअनुसार ११ बजेर ३० मिनेटमा एक बन्दुकधारी चर्चमा छिरेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ती बन्दुकधारीलाई प्रहरीले गोली हानी मारेको थियो । गभर्नर ग्रेज अबटले मृत्यु हुनेको संख्याको पुष्टि गर्दै टेक्सासको इतिहासमा भएको सबैभन्दा खराब गोलीकाण्ड भएको बताएका छन् ।

‘यो घटनामा पीडित भएकाहरुलाई यो लामो पीडा हुनेछ,’ आइतबार घटनालगत्तै आयोजना भएको पत्रकार सम्मेलनमा गभर्नरले बताए ।
टेक्साको पब्लिक सेफ्टी विभागका क्षेत्रीय निर्देशक फ्रिम्यान मार्टिनका अनुसार गोलीकाण्डमा मारिनेमा पाँच वर्षदेखि ७२ वर्षसम्म रहेका छन् । अधिकारीका अनुसार आक्रमणका कम्तीमा २० जना घाइते भएका छन् र उनीहरुलाई अस्पताल लगिएको छ । मार्टिनका अनुसार आक्रमणमा संलग्न व्यक्ति २० देखि २५ वर्षभित्रका गोरा युवा हुन् । आक्रमणकारीले सबै लुगा कालो लगाएको र ब्यालेस्टिक भेस्ट लगाएको पनि मार्टिनले बताए । आक्रमणकारीले असल्ट स्टाइलको राइफल बोकेको पनि उनले बताए ।

 

तपाईंको प्रतिकृयाहरू