fbpx




 

काठमाडौँ, पुस १७ (नेपालनीति) – लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

आज बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नं को मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जीतकारले तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको बताएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ठकुरीको उपचारका क्रममा ५ः१५ बजे शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

तपाईंको प्रतिकृयाहरू