fbpx




 

काठमाडौँ पुस १७ (नेपालनीति) – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले जनताको जनादेशअनुसार काँग्रेस प्रतिपक्षमा बस्ने बताएका छन् ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघले आज आयोजना गरेको ‘प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले काँग्रेस प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने पार्टी भएकाले जनादेशलाई स्वीकार गर्नुको साथै “प्रजातान्त्रिक पद्धतिअनुसारभएको निर्वाचनको नतिजा स्वीकार्नुपर्ने ,” बताएका छन् ।

काठमाडौँ सुनचाँदी व्यवसायी संघको सल्लाहकारसमेत रहेका नेता सिंहले मुलुकको आर्थिक विकासमा सुनचाँदी क्षेत्रको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् ।

रक्षामन्त्री भीमसेनदास प्रधानले संविधानले व्यवस्था गरेअनुसार नै सरकारले सत्ता हस्तान्तरण गर्ने बताए ।

“राष्ट्रियसभाको निर्वाचनपछि संघीय संसदले पूर्णता पाउने हुँदा राष्ट्रियसभाको निर्वाचनपछि सत्ता हस्तान्तरणगर्ने र ,”राष्ट्रियसभाको निर्वाचन गराउनेबारेमा सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको बताएका छन् ।

नवनिर्वाचित प्रदेशसभा सदस्य केशव स्थापितले समयको आवश्यकताअनुसार ऐनमा सुधार गरेर आफ्नो व्यवसायलाई सुरक्षित गर्न व्यवसायीमा लाग्नुपर्ने बताए ।

तपाईंको प्रतिकृयाहरू