fbpx




काठमाडौँ, पुस २३ (नेपाल नीति) । नायक श्रीकृष्ण श्रेष्ठसँग बिहे गरेको एक महिनामा नै पति वियोगमा परेकी अभिनेत्री श्वेता खड्का बिहे गर्ने मुडमा पुगेकी छिन् ।

काभ्रेमा जन्मिएकी खड्का आफ्नो कडा परिश्रम तथा लगाव बाट नै नेपाली सीनेमा क्षेत्रमा स्थापित भएकी हुन भन्ने छाप नेपाली दर्शकमाझ पार्न सफल भएकी छन् । ब्लकबस्टर मुभि कोहिनुरको सुटिङ पश्चात ३ बर्ष अघि उनी नायक श्रीकृष्ण श्रेष्ठसँग बिवाह बन्धनमा बाँधिएकी थिइन् । तर बिवाह भएको एक महिना नपुग्दै न्यूमोनियाका कारण नायक श्रेष्ठको मृत्यु भएको थियो ।
नायक श्रेष्ठमो मृत्यृ पश्चात प्रदर्शनमा आएको चलचित्र कोहिनुरले अत्याधिक सफलता हात पारेको थियो । तर श्वेता लामो समयसम्म पति वियोगको शोकमा परेकी थिइन् ।

बिवाहबारे गरिने प्रश्नको उत्तर दिन खासै नरुचाउने श्वताले बिवाह सम्बन्धि निर्णय आफ्नो हातमा नरहेको भन्दै आएकी थिइन । तर अहिले उनले दर्शक, आफन्त र घरपरिवारले चाँहे आफूले विहे गर्ने बताएकी छिन् ।

करिव ३ बर्ष पछि ‘कान्छी’ चलचित्र निर्माण गरेर अभिनेत्री श्वेता खड्का पुःन चलचित्र क्षेत्रमा आएकी छिन् । यहि फागुण ४ गते बाट चलचित्र ‘कान्छी’ प्रदर्शनमा आउँदै छ ।

तपाईंको प्रतिकृयाहरू