fbpx




काठमाडौँ, पुस२३( नेपालनीति) – निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ ।

मुटुरोगबाट पीडित डा. पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछिउनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पुर्याउदा निधन भइसकेको अस्पतालले जनाएको छ ।

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा. पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहेका प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिएका छन् । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उनी विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए ।

तपाईंको प्रतिकृयाहरू