fbpx




सिड्नी, पुस २३ (बिबिसी)– अस्ट्रेलियाको सिड्नीमा ७९ वर्षयताकै सबैभन्दा गर्मी दिन महसुस गरिएको छ ।

सिड्नीमा ४७ दशमलव ३ डिग्री सेन्टिग्रेडसम्म तापक्रम मापन भएको बताइएकोे छ ।सिड्नीको पश्चिमी क्षेत्र पेन्रिथ निवासी मानिसले प्रचण्ड गर्मीका कारण आइतबार असुविस्ता अनुभव गरेको बिबिसीले जनाएको छ ।

गर्मीका कारण सिड्नीका ठूला क्षेत्रहरुमा आगलागीको चेतावनी दिइएको र सहरभर आगो बाल्न प्रतिबन्ध गरिएको बताइएको छ ।
आइतबारकोे तापक्रम उक्त क्षेत्रमा सन् १९३९ मा मापन गरिएको तापक्रम ४७ दशमलव ८ डिग्री सेन्टिग्रेडको नजिक पुगेको छ ।
पेन्रिथमा पुगेको प्रचण्ड गर्मीको पुष्टि अस्ट्रेलियाको जल तथा मौसम विभागले गरेको छ ।

गर्मीका कारण बेलायत र अस्ट्रेलियाबीच भइरहेको क्रिकेट खेलमा बेलायती खेलाडीले असहजता भोग्नु परेको बिबिसीले बताएको छ ।
सिड्नी अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागी खेलाडीलाई आइतबार आयोजकहरुले बाहिरको तापक्रम ४० डिग्री सेन्टिग्रेडबाट माथि लागेपछि स्थानीय समयअनुसार बिहान १० बेजनै बाहिर निकालेका थिए ।

तपाईंको प्रतिकृयाहरू