fbpx




 

 

काठमाडौँ, माघ २९ (नेपाल नीति) – नयाँ सरकार गठन र पार्टी एकता प्रक्रियालगायतका विषयमा आज नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।
ललितपुरस्थित एक निजी निवासमा भएको भेटवार्ताबारे विस्तृत जानकारी भने आइसकेको छैन । पार्टी एकता र सरकार गठनलाई सँगसँगै अघि बढाउन सहमत दुई दलबीच एकतामा नीति र नेतृत्वमा सहमति जुटाउन उनीहर वार्तामा जुटेका अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जनकारी दिए ।

उनीहरुको भेटवार्तापछि चाँडै पार्टी एकता संयोजन समितिको बैठकको तयारी भएको छ ।

तपाईंको प्रतिकृयाहरू