fbpx




काठमाडौँ, फागुन ४ (नेपाल नीति) – जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा मन्त्री पण्डितले एमाले र माओवादी केन्द्रबीचको एकता अन्तिम चरणमा पुगेकाले चाँडै एकता घोषणा हुने बताए ।

मन्त्री पण्डितले केही दिनभित्रै विस्तार हुने मन्त्रिमण्डलमा माओवादी केन्द्र सहभागी हुने विश्वास व्यक्त गर्दै आफ्नो कार्यकालमा काठमाडौँको वातावरणलाई स्वच्छ बनाउनका लागि दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सरकारको प्रमुख नीति तथा कार्यक्रम विकास केन्द्रित गतिविधिमा केन्द्रित हुने चर्चा गर्दै उनले भने , “हाम्रो चाहना सुखी तथा खुसी हुनुपर्छ, त्यसैका लागि हामी मरिमेटेर काम गर्छौं ।”

मन्त्री पण्डितले वातावरणलाई मानवमैत्री बनाउनका लागि जनसंख्यालाई सन्तुलन बनाउनुपर्ने र यसका लागि जनसंख्या नियन्त्रणमा जोड दिइने बताए ।

तपाईंको प्रतिकृयाहरू