fbpx




पाल्पा । पूर्व मन्त्री तथा पाल्पा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डेयले यसपटक बजेटमा बुटवल पाल्पा सडक खण्ड अन्तर्गत सिद्धबाबा सडक नसमेटिए आफू अनसन बस्ने बताएका छन् ।

शनिवार तानसेनमा पत्रकारहरु संगको अन्तर्कृया कार्यक्रममा बोल्दै सांसद पाण्डेयले आफूले सिद्धबाबा सडकको स्तरोन्नतीका लागि पहल गरिरहेको समेत बताए । उनले सिद्धबाबा सडक पाल्पाबासीको समृद्धिसित जोडिएकोले यसपटक जसरी पनि बजेटमा यो बिषय समेटिनुपर्ने बताए ।

यो बाटोको विषयमा प्रधानमन्त्री, अर्थमन्त्री लगायत संग आफूले समन्वय गरेको समेत उनले बताए । सो अवसरमा उनले तानसेन खानेपानीको काम सम्पन्न गर्नका लागि सरकारको तर्फबाट बजेटको कमि नहुने आश्वासन पाएको समेत बताए । पत्रकारहरुको जिज्ञाशाको जवाफ दिदै पाण्डेयले सडक बिभागको अदुरदर्शीताका कारण सिद्धबाबा सडकको काममा ढिलाई भएको बताए । उनले यसपटक त्यस्तो नहुने र समयमा गुणस्तरीय काम गर्न आफू लागिपर्ने बताए ।

तपाईंको प्रतिकृयाहरू