fbpx




पाल्पा । ह्याप्पी नेपाल प्रा.लि.ले पाल्पामा पहिलो पटक फेसन डिजाईनिङ प्रतियोगिता सम्पन्न गरेको छ ।

सिटीईभिटीबाट बिभिन्न २८ वटा प्राविधिक विषयहरुमा सम्बन्धन प्राप्त यस संस्थामा फेसन डिजाईनिङ विषय पढीरहेका पाल्पा, स्याङजाका १४ जना फेसन डिजाईनरहरुले ड्रेस डिजाईन गरी आफैले –याम्पमा क्याटवक समेत गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले समयको बदलिदो क्रमसंगै पाल्पामा पनि यो बिषयको पढाई आवश्यक भएको र संस्थाले नयाँ नयाँ बिषयहरु ल्याएकोले यसले सहभागीहरुको आम्दानी बढाउने बताए ।

उद्घाटन समारोहका बिशिष्ट अतिथी पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन श्रेष्ठले संस्थाले पाल्पामा प्राविधिक शिक्षा क्षेत्रमा राम्रो काम गरिरहेकोमा प्रंशशा गर्दै फेसन डिजाईनरहरुले पाल्पाली ढाकालाई पनि समय अनुसारको पहिरनमा समायोजन गर्नुपर्नेमा जोड दिए ।

समारोहमा जिल्ला समन्वय समिति पाल्पाका सदस्य होम प्रसाद ठडराई, घरेलु तथा साना उद्योग महासंघ तानसेन नगर समितिका अध्यक्ष महेश शर्मा, ओम बहादुर खाम्चा, निर्णायक मण्डल सदस्य मुना राना लगायतले बजार र समयको माग अनुसारको सिप र प्रतियोगिता भएकाले भविष्यमा निरन्तरता दिनुपर्नेमा जोड दिए ।

प्रतियोगितामा सुनवल नवलपरासीकी लक्ष्मी बिक बिजेता भइन् भने चिजा थापा फस्ट रनर अप, पाल्पाकी अन्जु अमात्य कुँवर सेकेण्ड अप र जुना रानाले बेस्ट क्याट वकको उपाधि जिते
प्रतियोगितामा नेभारा बुटिक एण्ड फेसन डिजाईनिङ ईन्स्टिच्युटकी मुना राना, अनिता कलेक्सन काठमाडौंकी अनिता खाती र टेलिभिजन पत्रकार प्रेरणा केसीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । संस्थाकी फेसन डिजाईनर प्रशिक्षकहरु बिनु राना मगर र थानीमाया सारुले डे«स डिजाईनमा सहयोग गरेका थिए ।
प्रतियोगितामा डिजाईनरहरुले नयाँ नयाँ डिजाइनका साथै पाल्पाली ढाका समेत प्रयोग गरेर डे«सहरु तयार पारी प्रर्दशन गरिएको थियो ।

नेभारा बुटिक एण्ड फेसन डिजाईनिङ ईन्स्टिच्युट, बुटवल र एडभेन्ट नेपालको सहयोगमा भएको फेसन डिजाईनिङ प्रतियोगिता ह्याप्पी नेपाल प्रा.ली.का म्यानेजिङ डाईरेक्टर डि बी रुचालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

स्रोतः- पाल्पा समाचारपत्र

तपाईंको प्रतिकृयाहरू