fbpx




काठमाडौं(लुम्बिनी आवाज) लाेक गायक प्रकाश सपुतले युट्युब मार्फत् सार्वजनिक गरेकाे नेपाली लाेक गित ‘गलबन्दी’काे भिडियाेले युट्युब दुनियामा छोटो समयमै करोड भन्दा बढी भियर्स पाएको छ ।

बुधबार बिहान सम्म गलबन्दी गीतको भ्युज एक करोड दश लाख भन्दा बढी पुगेको छ । ‘गलबन्दी’ नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका गीतहरु मध्ये सबैभन्दा छोटो समयमा एक करोड भन्दा बढी भ्युज पाउने भिडियाे बनेकाे छ ।

विगत केही दिन अघि देखि लगातार युट्युब ट्रेन्डिङको नम्बर एकमा पर्न सफल भएको याे गीतमा गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारले स्वर दिएका छन् । याे गीत पछिल्लाे समय नेपाली संगीतकाे सर्वाधिक लाेकप्रिय गीत बन्न सफल भएकाे छ ।

प्रकाश सपुतको आफ्नै निर्देशनमा निर्माण भएकाे याे गीतमा उनी आफू र अघिल्लाे गीत ‘बाेलमाया’ कि अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

प्रकाश सपूतले यस अघि बजारमा ल्याएको ‘बोल माया’ गीत पनि नेपाली संगीतमा निकै लोकप्रिय भएको थियो ।

तपाईंको प्रतिकृयाहरू