fbpx




खेलकुद व्युरो (लुम्बिनी आवाज ) गत सिजन समाप्ति भएको केहि दिनमा नै इंग्लिस प्रिमियर लिग फुटबल २०१९/२० को नँया खेल तालिका सार्वजनिक भएको छ ।

नँया खेल तालिका अनुसार पहिलो उद्घाटन खेल १८/१९ को च्याम्पियन्स लिगको विजेता लिभरपुलले अगष्ट ९ तारिखमा भर्खर मात्र प्रिमियर लिगमा बढुवा भएको नया क्लब नर्विच सिटीसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

त्यस्तै, म्यान्चेस्टर सिटीले अगष्ट १० तारिखमा वेष्टहामस सँग प्रतिस्पर्धा गर्नेछ । अगष्ट १० तारिखमा ७ खेल हुनेछन् । उक्त दिनमा बोर्नमाउथले सेफिल्ड युनाइटेड, बर्नेलीले साउथ हृयाम्पटन, क्रिस्टल प्यालेसले एभर्टन, लेष्टर सिटीले वोल्भ्स, वाटफोर्डले ब्राइटन र स्पुरले एस्टोनभिला सँग प्रतिस्पर्धा गर्नेछन् । जम्मा २० वटा ईङ्गलिस क्लवहरुले प्रतिस्पर्धा गर्नेछन ।
खेल २०१९ अगष्ट ९ तारिखबाट शुरु हुनेछ ।

नँया खेल तालिका :-

तपाईंको प्रतिकृयाहरू