fbpx




धनकुटा, (लुम्बिनी आवाज)  धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ५ स्थित शिकारी डाडाँमा बस्ति नजिकै रहेको सार्वजनिक जग्गामा स्थानिय निकायले ठेक्का लगाएर ढुङ्गा उत्खनन् गर्न सुरु गरेको छ । स्थानिय सँग कुनै सहमति नलिई आफुखुसि जथाभावि डोजर चलाएर जनताको घर बास नै जोखिममा पारिदिएको छ ।

स्थानिय बासिन्दासंग कुनै सहमती विना डोजर चलाएर ढुङ्गा उत्खनन् गर्न थाले पछि स्थानियले भनेका छन् ‘त्यसै पनि यो स्थान जोखिममा छ, त्यस माथी पनि अनाधिकृत रुपमा ढुङ्गा उत्खन्न भई रहेको छ । त्यसलाई जसरी भएपनि उत्खनन् कार्य बन्द गरिनु पर्दछ ।’ यसै विषयलाई लिएर स्थानियले उक्त कार्यको घोर विरोध गरेका छन् ।

एक स्थानिय बुद्धिजिविले भने ‘वर्षाद्को समय सुरु भएको छ, स्थानिय निकायले मनोमानि रुपमा घर वरपरि डोजर लगाई पहिरोको जोखिम बढाएर त्रास उत्पन्न गरिदिएको छ ।’ यदि पहिरो आएमा जनता कहाँ गएर बस्ने ? भनेर पाख्रिवास नगर प्रमुख बृष बहादुर राईले सोच्नुपर्ने समय आएको छ ।

पुस्तौपुस्ता देखि बस्दै आएको बस्तिबाट समेत उठीबास गर्ने तरिकाले स्थानिय निकाय लागिपरेको भन्ने स्थानिय बासिन्दाहरुको गुनासो छ ।

तपाईंको प्रतिकृयाहरू