fbpx




काठमाडौं(लुम्बिनी आवाज) बलिउड नायिका करीना कपूर ‘थ्री इडियट र तलाश’ फिल्ममा आमिर खानको साथमा काम गरिसकेकी छिन् । अब चाँडै नै यी दुई फिल्म ‘लाल सिङ चट्डा’ मार्फत पर्दामा एक साथ देखिनेछन् ।

बलिउड स्टार करिना कपूर हाल इरफान खानसँग ‘अंग्रेजी मीडियम’को शुटिङमा ब्यस्त छिन् । यसपछि उनी डान्सिङ रियालिटी शोमा निर्णयकको रुपमा देखिनेछिन् ।

यति मात्र होईन, उनले आफ्नो बिजी सेड्युलबाट करण जोहरको मल्टीस्टारर फिल्म ‘तख्त’मा पनि समय मिलाउनु पर्नेछ र पछिल्लो खबर अनुसार उनी चाँडै नै अमिर खानको फिल्म ‘लाल सिंह चट्डा’को नायिका बन्दैछिन् ।

‘थ्री इडियट र तलाश’मा करीना कपूर र आमिरको जोडीलाई दर्शकले निकै मन पराएका थिए । त्यसैले अमिर पनि चाहन्छन् कि आफ्नो अपकमिङ फिल्म ‘लालसिहं चट्डा’मा करिना अपोजिटमा रहुन् ।

मिस्टर परफेक्शनिस्टको नामले पनि चिनिने आमिर खानले आफ्नो जन्मदिनमा नयाँ फिल्म ‘लालसिहं चट्डा’ बनाउने घोषणा गरेका थिए । यो फिल्म टम हैकको फिल्म ‘फरेष्ट गम्प’को कथासँग मिल्दो हुने बताइएको छ ।

तपाईंको प्रतिकृयाहरू