fbpx




रुकुम (लुम्बिनी आवाज) रुकुमपूर्व पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटमा यार्सागुम्बा टिपेर मैकोटबाट घर जाने क्रममा लुटेराहरुको एक समुहले स्थानि एक आमा–छोरी माथि कुटपिट गरी सक्त घाईते बनाई उनिहरुसँग भएका गरगहना¸ मोबाइल र रु¸ एक लाख पाँच हजार नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको छ । घाइते हुनेहरुमा आमा ३८ वर्षीया जुनकुमारी पुन र १४ वर्षीया छोरी रश्मी पुन छन् । घाईते आमा छरीलाई नेपाली सेनाको हेलिकप्टरद्वरा उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।

शनिबार साँझ लुटेराको प्रहारबाट घाइते भएका आमा छोरीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी रन्मामैकोटमा भर्ना गरिएको थियो । स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसके पछी पूर्वमन्त्री गणेशमान पुन र सांसद कमला रोकाको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत आमा छोरीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ ।

तपाईंको प्रतिकृयाहरू