fbpx




पूर्वी रुकुम (लुम्बिनी आवाज) पूर्वी रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका–१ निवासी एक परिवारका आमा छोरी लुटेरा समुहको आक्रमणबाट शक्त घाईते भएका छन् ।

मैकोटबाट यार्सागुम्बा टिपेर घर फर्किने क्रममा लुटेराहरुको एक समुहले स्थानिय एक आमा–छोरी माथि कुटपिट गरी शक्त घाईते बनाएको छ । लुटेराहरुले ति आमा छोरीसंग भएका गरगहना, मोबाइल र रु एक लाख पाँच हजार नगद लुटेर लगेको जिल्ला प्रहरी कार्यालय पूर्वी रुकुमले जनाएको छ ।

घाइते हुनेहरुमा आमा ३८ वर्षीया जुनकुमारी पुन र १४ वर्षीया छोरी रश्मी पुन छन् । घाईते आमा छोरीलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।

शनिबार साँझ लुटेराको प्रहारबाट घाइते भएका आमा छोरीलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी रन्मामैकोटमा भर्ना गरिएको थियो । स्थानिय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछी पूर्वमन्त्री गणेशमान पुन र सांसद् कमला रोकाको पहलमा नेपाली सेनाको हेलिकप्टर मार्फत् आमा छोरीलाई थप उपचारका लागि काठमाण्डौ पुर्याईएको हो ।

तपाईंको प्रतिकृयाहरू