fbpx




उदयपुर (लुम्बिनी आवाज ) थारुहट रंगशाला गाईघाटमा जारी उदयपुर गोल्डकप फुटबलको छै‎ठौं संस्करणमा मंगलबार गोर्खा व्वाइज क्लब रूपन्देही र सिएमसी क्लब संकटा बिच भएको प्रतिस्पर्धा खेलमा गोर्खा ब्वाईज क्लव विजयी भएको छ ।

प्रतिस्पर्धात्मक खेलमा रूपन्देहीले सिएमसी क्लब संकटालाई २–१ गोलले पाखा लगाएको छ । खेलको दोस्रो हाफको छैठौं मिनेटमा रूपन्देहीका विदेशि खेलाडि फोफाना फोडेले गोल गर्दै रुपन्देहिलाई अग्रता दिलाएका थिए ।

त्यसपछि दोस्रो हाफको २० औं मिनेटमा डेविलले दोस्रो गोल थप्दै संकटा माथि २-० को अग्रता लिएको थियो । इन्ज्युरी समयमा संकटाका अमित तामाङले गोल गरे पनि उक्त गोल सान्त्वनामा परिणत भयो । आजको खेलमा म्यान अफ द म्याच फोफाना घोषित भएका थिए ।

बुधबार पहिलो सेमिफाइनल खेलमा बिभागिय टिम एपीएफ क्लव र  मोरङ्ग क्लव बिच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले जानकारि दिएका छन् ।

जारी उदयपुर गोल्डकप फुटबल प्रतियोगितालाई एसियन थाई फुड्स प्रा.लि. र गैंडाछाप उदयपुर सिमेन्टले सयुक्त रुपमा प्रायोजन गरेका हुन् । विजेता टिमले नगद रु ५ लाख र उपविजेताले नगद रु ३ लाख रुपैयाँ जित्ने छन् ।

 

तपाईंको प्रतिकृयाहरू