fbpx




खेलकुद व्युरो (लुम्बिनी आवाज) कोपा अमेरिका जारि फुटबलमा प्रमुख उपाधि दाबेदारको रुपमा मानिएको आयोजक राष्ट्र ब्राजिल बुधबार बिहान भएको खेलमा भेनेजुएलासँग बराबरी खेल्दै  दुवै टिमले १–१ अंक बाँडेका छन्  ।

 

उक्त खेलमा भिएआर प्रणालिले गर्दा ब्राजिलले गरेका ३ गोलले मान्यता पाउन नसके पछि भेनेजुएलासँग बराबरी खेल्दै  अंक बाँडेको हो । पहिलो हाफको ३९ औं मिनेटमा रोबर्ट फिर्मिन्होले गोल गरेका थिए । तर विपक्षी खेलाडीलाई फउल गरेकाले उक्त गोलले मान्यता पाएन ।

 

दोस्रो हाफमा पनि ब्राजिलले भेनेजुलाएको पोस्टमा २ गोल गरे पनि दुवै गोलले पुन: मान्यता पाएनान् । ६०औं मिनेटमा ग्राबिएल जिससले गरेको दोस्रो गोललाई  रेफ्रीले अफसाइड दिए ।

दोस्रो हाफको ६३औं मिनेटमा फिलिप काउटिन्होले गरेको गोल पनि ले ह्यान्ड भएको देखाएपछि उक्त गोलले मान्यता पाउन सकेन । खेल गोलरहित बराबरीमा सकियो ।

 

एक जित एक बराबरी सँगै दुई खेलबाट ब्राजिलको ४ अंकसहित समूह ‘ए’को शीर्ष स्थानमा छ । पेरु ४ अंक नै भएको दोस्रो स्थानमा छ भने भेनेजुएला २ अंकसहित तेस्रो स्थानमा छ ।

तपाईंको प्रतिकृयाहरू