fbpx




काठमाडौं(लुम्बिनी आवाज) विदेशबाट सामान खरिद गरि नेपालमा ल्याउने क्रममा भन्सार छलेर अवैध रूपमा भित्र्याइने मोबाईल सेट अब नचल्ने भएका छन् ।

मोबाईल पहिचानका लागि प्रयोग हुने ‘ईन्टरनेशनल मोबाईल इक्विप्मेन्ट आईडेन्टिटी (आईएमआई) नम्बर दर्ता गरेपछि मात्र प्रयोगका लागि योग्य हुने प्रणाली लागु हुने भएपछि अवैध मोबाईल नचल्ने भएका हुन् । गोरखापत्र दैनिकका अनुसार नेपाल दूर सञ्चार प्राधिकरणले यस्तो प्रणाली लागु गर्न सोमबार कम्पनी छनाैट गरेको छ ।

प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषाेत्तम खनालका अनुसार ‘मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम’(एमडीएमएस नाम दिईएको उक्त प्रणाली ६ महिना भित्र पूर्ण कार्यान्वयन गर्नका लागि एमडीएमएस लागु गराउन कम्पनी छनाैट भईसकेको छ ।’

उनले भने, ‘एक हप्ताभित्र सम्झौतामा हस्ताक्षर गरेर ६ महिना भित्र यो लागु गराउछौं ।’ प्राधिकरणले एमडीएमएस प्रणाली लागु गराउन माग गरेको आशयपत्र मध्ये छनाैटमा परेका अन्तिम ६ कम्पनी मध्येबाट न्यु मेरा एम मलेसिया, ओएसआई कन्सल्टिङ प्रा. लि. भारत र नमस्ते ग्लोबल कम्युनिकेसन सिंगापुरको ज्वाईन्ट एडभेन्चरलाई छनाैट गरेको हो ।

प्राधिकरणका अनुसार ती कम्पनीलाई एडीएमएस लागु गराउन आफ्नै कोष मार्फत् ७८ करोड रुपैयां उपलब्ध गराईनेछ । प्राधिकरणले ६ महिना भित्र यो प्रणाली जडान गरेर लागु गर्ने गरी एक हप्ता भित्र सम्झौता गर्ने भएकाे छ ।

तपाईंको प्रतिकृयाहरू