fbpx




काठमाडौं(लुम्बिनी आवाज) जून २१ अर्थात् अन्तर्राष्ट्रिय योग दिवस । नेपाल, भारत लगायत एसियाली तथा यूरोपियन र अमेरिकि मुलुकहरुमा समेत योग दिवस मनाईयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सँयुक्त राष्ट्र संघमा योग दिवस मनाउनुपर्ने प्रस्ताव गरे पछि जून २१ लाई योग दिवसका रुपमा मनाउने निर्णय भएको थियो । शुक्रबार पाँचौं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरि योगबारे केही चर्चा गरे ।

प्रधानमन्त्री ओलीको ट्वीटमा भारतीय प्रधानमन्त्रीको जवाफ आयो त्यो पनि नेपाली भाषामा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ओलीलाई नेपालीमै ट्वीट गरेर जवाफ दिएका छन् । उनले लेखेका छन्, ‘योगको विशिष्टतालाई उजागर गर्नुका साथै व्यक्तिगत रुपमा उपस्थित भई योग दिवस कार्यक्रमलाई सुशोभित गर्नु भएकोमा प्रधानमन्त्री ओलीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।’

मोदीले शुक्रबार दक्षिण कोरियाका राष्ट्रपति मुनलाई पनि दक्षिण कोरियाली भाषामै जवाफ दिएका छन् । दक्षिण कोरियाली राष्ट्रपतिले अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना दिएका थिए । त्यसैको जवाफमा मोदीले कोरियन भाषामै जवाफ दिएका हुन् ।

तपाईंको प्रतिकृयाहरू