fbpx




काठमाडौं(लुम्बिनी आवाज) नेपाली युवतीलाई अफ्रिकी मुलुक केन्या तस्कर गरेर यौन दासी भएको खुलासा भएको छ । केन्याको पत्रिका नेशनको अनलाईन संस्करणमा नेपाली युवतीलाई यौन दासी बनाइएको बारे शनिबार एक समाचार प्रकाशित भएको छ ।

नेपालबाट गत वर्ष केन्या पुर्याइएकी एक युवतीलाई केन्याको बुम्बरीको एक डान्स बारमा यौन दासीका रुपमा राखिएको सो समाचारमा जनाइएको छ । सो समाचारमा युवतीको नाम र नेपालको ठेगाना भने खुलाइएको छैन । तर, ती युवतीले सात कक्षा सम्म मात्र पढेको बताएकी छन् । विशाल नामको एक दलालले उनलाई नेपालमा एक केन्याली दलाल आसिफसँग भेटाइदिएको र उसैले ती युवतीलाई केन्या पुर्याएको जनाइएको छ ।

विद्यालय छोडेर कामको खोजीमा रहेकी युवतीलाई बिशाल नामको दलालले नतृकीको काम दिलाइदिने भन्दै केन्याली दलालसँग परिचय गराइदिएको युवतीले बताएकी छन् । दलाल विशाल बारे पनि थप जानकारी केही खुलाइएको छैन । आसिफसँग परिचय भएको केही दिनमै पासपोर्ट बनाएको र केन्याको टिकट पाएको पीडित युवतीले बताएकी छन् ।

केन्याको बुम्बरी स्थित पहिला एक अपार्टमेन्टमा राखिएको र त्यहाँ उनलाई मुजुरा सिक्न भनिएको थियो । त्यसपछि उनलाई न्यू रंगिला बार नामक रेष्टुरेण्टमा डान्सर बनाइएको थियो ।

केन्यामा अन्तर्राष्ट्रिय मानव तस्कर बारे अनुसन्धान गर्ने एक महिला असालीले नेपाली युवती बारे प्रहरीलाई जानकारी दिएको सो समाचारमा उल्लेख छ । ती पीडित युवतीको वर्तमान अवस्था बारे भने सो समाचारमा केही खुलाइएको छैन ।

तपाईंको प्रतिकृयाहरू